एमाले अध्यक्ष ओली भन्छन् : ‘राजनीति नै भएन’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीति नै नभएको बताएका छन्।

शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकार बनाउने,टिकाउनेभन्दा अरू राजनीति नै नभएको बताएका हुन्।

उनले भने, ‘हिँडनुपर्ने बाटो एकातिर छ। हिँड्न नहुने बाटो हिँडिएको छ। जानुपर्ने राजनीति एकातिर छ। सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन। देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन। यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म। सत्तामा पुग्ने र सत्तामा अडिने। त्यत्ति हो यसको राजनीति। यस्तो अवस्थामा हामी छौं। विविध पक्षहरु, जनताको पीरमर्काका पक्षहरु, जाजरकोटमा उसबेला भईचालो गयो। सिँगै हिउँद प्लाष्टिक मुनि मानिसहरु बसिरहेका छन्। हाम्रो भोलेन्टियर्सले १२/१५ सय घर बनाएर त्यत्तिनै हो। अरु केही भएको छैन। कस्तो सरकार होला। केही महिनामा नै यी कामहरु गर्न सकिन्छ। अनि, २/४ वर्ष विधि, प्रक्रिया निर्माण नै लाग्ने हो भने अनि मान्छे त मरिसक्छन् त त्यहाँ। ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *