फेरि राजतन्त्रका बारेमा बोले अध्यक्ष नेपाल, भन्छन् : राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक भएको बताएका छन्।

पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक भएको बताएका हुन्।

उनले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउँदै क्षमताका आधारमा जनताबाट अनुमोदित नेतृत्व अहिलेको आवश्यकता भएको बताए।

अध्यक्ष नेपाल केही दिन अगाडिपनि राजतन्त्रका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर