सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौं : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले सबैभन्दा बढी बजेट क्रिकेटको प्रोत्साहन गर्न र अगाडि बढाउनमा खर्च गर्ने बताएका छन्।

शनिबार प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलपछि पुरूस्कार वितरण गर्दै अर्थमन्त्री महतले सबैभन्दा बढी बजेट क्रिकेटको प्रोत्साहन गर्न र अगाडि बढाउनमा खर्च गर्ने बताएका हुन्।

उनले भने,‘क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरू पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ। क्रिकेट खेलमा सहभागी खेलाडीहरूलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरू विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ। आउने दिनमा पनि गर्दै जानेछौं। नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ। समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा नेपाललाई पहिचान गराउने महत्त्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौं। सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ। श्रोत र साधनको सीमितता छ। माग धेरै छ, आवश्यकता धेरै छन्। अरू क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौं। त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *