पर्सामा एसपी कोमलको कमाण्डः ५८ करोड बढीको अवैध सामाग्री बरामद, लागूऔषधविरूद्ध आक्रमक बन्दै

पर्सा जिल्लाको कमाण्ड नेपाल प्रहरी उपरीक्षक(एसपी) कोमल शाहले सम्हाले लगत्तै प्रहरीको सक्रिया बढेको छ। उनले कमाण्ड सम्हालेको १ वर्षको अवधिमा ५८ करोड ८८ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कोमल शाहले सम्हालेको अवधिदेखि हालसम्म ५८ करोड ८८ लाख ३९ हजार ५९२ रुपैयाँ बराबरको प्रतिबन्धित सामग्री भन्सार चलान गरिएको छ।

गत आर्थिक वर्ष २०७९/८० को पुष महिनादेखि असारसम्म ३४ करोड ९६ लाख १६ हजार ३३७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको छ। पर्सा प्रहरीका अनुसार आर्थिक वर्षको ७ महिनामा ५ करोड ३२ लाख ९३ हजार ६१० रुपैयाँ बराबरको किराना सामाग्री बरामद गरिएको हो।

८७ लाख २० हजार ८९० रुपैयाँ बराबरको विद्युतिय सामाग्री बरामदहुँदा १० करोड ७३ लाख ५६ हजार ६५५ रुपैयाँ बराबरको सवारी साधन र पार्टपूर्जा बरामद गरिएको हो। अन्दाजी १७ करोड ७१ लख ८८ हजार ६१३ रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, फेन्सी तथा अन्य सामान बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ। गत आर्थिक वर्षको ७ महिनामा विभिन्न कसूरमा ११ जना पक्राउ पर्दा ७० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

करोडौको लत्ताकपडा र फेन्सी सामान नियन्त्रण
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा पर्सा प्रहरीले ३२ करोड ९२ लाख २३ हजार २५५ रुपैयाँ बराबरको भन्सार छलीका सामाग्री नियन्त्रणमा लिएको छ। श्रावणदेखि पुषसम्मको अवधिमा पर्सा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उक्त मूल्य बराबरको राजस्व छलीका सामग्री नियन्त्रणमा लिएको र जसमध्ये सबैभन्दा धेरै लत्ताकपडा, फेन्सी तथा अन्य सामान रहेका पर्सा प्रहरीले बताएको छ।

पर्सा प्रहरीकोअनुसार ६ महिनामा १२ करोड ६५ लाख ७५ हजार २० रुपैयाँ बराबरको लत्ताकपडा, फेन्सी तथा अन्य सामान बरामद गरिएको हो। ४ करोड ५९ लाख ८० हजार १७१ रुपैयाँ बराबरको किराना सामग्री बरामद गरिएको छ भने ४ करोड ९ लाख ९१ हजार ७६६ रुपैयाँ बराबरको सवारी साधन र पार्टपूर्जा बरामद गरिएको हो।

२ करोड ५६ लाख ७६ हजार २९८ रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरिएको छ। अवैध सामाग्री ओसारपसार तथा तस्करीमा संलग्न रहेका ५४ वटा सवारी साधन र १ जना व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।

१ करोड २४ लाखभन्दा बढी हुण्डीको रकम बरामद
पर्सा प्रहरीले पछिल्लो एक वर्षमा १ करोड २४ लाख १० हजार हुण्डीको रकम बरामद गरेको छ। गत आर्थिक वर्षको पुषदेखि चालु आर्थिक वर्षको पुष महिनासम्म नेपाली रुपैयाँ (नेरु) र भारतीय रुपैयाँ (भारु)सहित १ करोड २४ लाख १० हजार रुपैयाँ बरामद गरिएको हो। जसमध्ये ७० हजार भारतीय रुपैयाँ रहेको छ।

अवैध कारोबार सम्बन्धी कसूरमा ११ वटा मुद्दा दर्ताहुँदा त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जना विदेशीसहित १५ जनालाई पक्राउ गरेको छ।

लागूऔषधसम्बन्धी २७८ मुद्दा, ३ सय ९३ जना पक्राउ
लागूऔषधसम्बन्धी कसूरमा पर्सा प्रहरीले ३९३ जनालाई पक्राउ गरेको छ। एसपी शाह पर्सामा आएदेखि हालसम्म स्वदेशी र विदेशी गरी ३९३ जना पक्राउ परेका हुन्। जसमध्ये ६ जना महिलासहित ३७० जना स्वदेशी छन् भने ३ महिलासहित २३ जना विदेशी नागरिक पक्राउ परेका छन्।

पर्सा प्रहरीले १ हजार १४९ किलो ७६९ ग्राम गाँजा बरामद गरेको छ। १३ महिनाको शाहको कार्यकालमा १३४ किलो ८९० ग्राम चरेश, १७२४ ग्राम ७७४ मिलिग्राम हेरोईन, ४ हजार ३९२ पिस फेनारगन, ७ जार १६१ पिस डाईजेपाम, ५ हजार ८५३ पिस नुर्फिन, १६ हजार २० पिस नाइट्रोभेट, १२० किलो गाँजाको धुलो र एक हजार मिलिलिटरको ४ हजार १८१ बोत्तल कोरेक्स बरामद गरिएको छ।

सोही अवधिमा प्रहरीले मेड ईन यु एस ए लेखिएको १ थान पेस्तोल, ५ राउण्ड गोली र १९ राउण्ड सर्टगणको कार्टिज पनि बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार विभिन्न मुद्दामा संलग्न रही फरार रहेका १ हजार ४३३ जना फरा प्रतिवादीलाई पनि पर्सा प्रहरीले अदालतमा उपस्थित गराएको छ।

११ सय सुरक्षाकर्मी तैनाथ
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा ५५ वटा प्रहरी कार्यालयहरु रहेका छन्। जसमध्ये ३ वटा ईलाका प्रहरी कार्यालय छन् भने २ वटा वडा प्रहरी कार्यालय रहेका छन्। यि ५ वटा कार्यालय प्रहरी निरीक्षकको नेतृत्वमा रहेका छन्।

ईलाका प्रहरी कार्यालय ठोरी, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय पोखरिया रहेका छन्। वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुर पनि छन्। अस्थायी प्रहरी पोस्ट, प्रहरी चौकी गरेर ५० वटा प्रहरी चौकी पर्सामा छन्। जहाँ ११ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *