देशमा भएका क्रान्तिलाई अवमूल्यन गर्ने हाम्रो हैसियत छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा भएका क्रान्तिलाई अवमूल्यन गर्ने आफ्नो हैसियत नभएको बताएका छन्।

पार्टीले आजदेखि थालेको ‘राष्ट्रव्यापी दबाब अभियान’को सुरूवात गर्दै सभापति लामिछानेले देशमा भएका क्रान्तिलाई अवमूल्यन गर्ने आफ्नो हैसियत नभएको बताएका हुन्।

उनले भने,‘यो देशमा धेरै क्रान्तिहरु भए ती क्रान्तिलाई अवमूल्यन गर्ने हाम्रो अभिप्राय होइन्। त्यो हैसियत हाम्रो छैन। हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौँ। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ। यो पनि होइन कहिले पनि ठूलठूला क्रान्तिको आवश्यकता पर्दैन। तर अहिले बेला आएको छैन।’

त्यस्तै, सभापति लामिछानेले आफूले छानेका आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देखेको आरोप लगाएका छन्। ‘हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर