एमाले धादिङका केही नेतालाई अध्यक्ष ओलीले किन बोलाए काठमाडौं?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धादिङका केही नेतालाई काठमाडौं बोलाएका छन्।

अध्यक्ष ओलीले धादिङ जिल्ला अधिवेशनमा देखिएको विवाद सुल्झाउनका लागि छलफल गर्न धादिङका केही नेतालाई काठमाडौं बोलाएको एमाले स्रोतले बताएको छ।

माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा हात हालाहाल भएको थियो।

सोही कुरालाई सुल्झाउनका लागि अध्यक्ष ओलीले अहिले ४ बजे छलफल गर्ने गरेर धादिङ जिल्ला कमिटीका शीर्ष नेताहरूलाई काठमाडौं बोलाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *