उपनिर्वाचनबारे उपप्रधानमन्त्री खड्कासँग प्रमुख निर्वाचन आयुक्तले गरे छलफल

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आईतबार सिंहदरबारस्थित् रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन्।

प्रतिनिधि सभा र प्रदेशसभा सदस्य र रक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ। विभिन्न कारणले रिक्त रहेका सो पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो।

निर्वाचन आयोगकाअनुसार हाल प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा एक/एक पद रिक्त छ। इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित नेकपा (एमाले) का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ बाट निर्वाचित नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो।

आयोगकाअनुसार हाल प्रतिनिधिसभा सदस्यमा एक, प्रदेशसभा सदस्यमा एक, जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडा अध्यक्ष २५ पद रिक्त छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *