४ करोड जरिवाना र कैद तोकिएकी एक महिला ९ वर्षपछि पक्राउ

बैकिङ कसुरसम्बन्धी मुद्दामा जरिवाना तोकिएकी एक महिला ९ वर्षपछि पक्राउ परेकी छिन्।

४ करोड जरिवाना र तीन वर्षको कैद सजाय तोकिएकी काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षिया मन्दिरा केसी कार्की ९ वर्षपछि पक्राउ परेकी हुन्।

शनिबार उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बनेपाबाट पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना हुने ठहर गरेको थियो।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिरा केसी सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको भक्तपुर साविक चाँगुनारायण गाविस–७ र ९ स्थित जग्गाहरु धितो राखि प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर