गोठाटारका युवा व्यवसायीको शंकास्पद मृत्यु, चार जना पक्राउ

काठमाडौंको गोठाटारस्थित सडकमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने ३३ वर्षीय दिलीप कट्टेलको मृत्यु भएको हो ।

उनी बिहीबार गोठाटारकै सडकमा राति करिब १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए । उद्धार गरी वीर अस्पताल लगिएका उनको आइतबार मृत्यु भएको हो । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन् । कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *