२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकाको न्यु जर्सीमा हुने

सन् २०२६ को विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति फाइनल खेल न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने घोषणा गरेको हो ।

उक्त खेल सन् २०२६ को जुलाई १९ मा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रूपमा रहेका छन् ।

विश्वकपको उद्घाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको अज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।

अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *