अदालतमा शम्भु थापाः अरुण चौधरीको जिम्मा म लिन्छु

व्यवसायी अरुण चौधरीको जिम्मा आफूले लिन तयार भएको तर्क बरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलाशमा बहस गर्दै थापाले चौधरी नेपालको प्रतिष्ठित व्यवसायी रहेको हुँदा उनलाई थुनामा राख्नुपर्ने कारण नभएको बताए ।

यस्तै थापाले पारदर्शी तरिकाले चौधरीले सरकारी जग्गा लिएको हुँदा उनलाई थुन्नु आवश्यक नभएको तर्क गरे । बाँसबारी जग्गा प्रकरणमा प्रहरीले बिहीबार चौधरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *