धनुषाधाममा ‘बृहत साँस्कृतिक कार्यक्रम’ हुँदै

धनुषाधाममा ‘बृहत साँस्कृतिक कार्यक्रम’को आयोजना हुने भएको छ।

मालटोल तामाङ्ग समाजले माघ २७ गते धनुषाधाम नगरपालिका-६ स्थित् मालटोल चौरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।

मन्जुश्री संवत् २८६० औं सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथि, समाजसेवी सुकबहादुर तामाङ्ग र सोही वडाका वडाध्यक्ष ऋषिकेश लामा अतिथि रहने आयोजकले जनाएको छ।

कार्यक्रममा गायिका अस्मिता अधिकारी, गायक सपन श्रेष्ठ, गायक शुभ तामाङ्ग, गायक प्रिन्स राज, डान्सरद्धय सरिता खड्का र सुसीको प्रस्तुती रहने आयोजकले जनाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *