मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-७ बस्ने ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर