सरकारले सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिउ : सांसद शर्मा

नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताएका हुन्। उनले सरकारको यस पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए।

उनले भने, ‘अहिले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा जुन पहल अगाडी बढाइरहेको छ। त्यो पहललाई तिब्र बनाउनका लागि यस संसदको खबरदारी, यस संसदको सहयोग र साथ आवश्यक भएको मैले ठानेको । यसलाई हामीले कुनै राजनीतिक रङ दिएर होइन। सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ नभएर सुशासन स्थापना गर्नका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट मद्दत पुर्याउन जरुरी छ भन्ने मलाई लाग्छ। प्रधानमन्त्रीले आत्मसमिक्षासहित नयाँ ढंगले काम गर्ने घोषणा गर्नुभएको छ, ति घोषित नीतिहरु कार्यान्वयनका लागि समग्र राज्यसंयन्त्रको, संरचनाको, नेतृत्वको, हामी सबैको कार्यशैलीमा परिवर्तनको आवश्यकता छ। इमान्दारिताको आवश्यकता छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर