अध्यक्ष नेपालले पत्रकारहरूलाई भने, ‘मन्त्री फेर्नेकुरा मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन’

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री फेर्नेकुरा मिडियालाई खुसुक्क पनि थाहा दिन नहुने बताएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले मन्त्री फेर्नेकुरा मिडियालाई खुसुक्क पनि थाहा दिन नहुने बताएका हुन्।

उनले भने, ‘मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरी हाल्ने हो। मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन। आवाज उठाउन पाइन्छ। दिनुपर्छ। संविधानको विरुद्धमा कसैले चुनौति दिन्छ भने सामना गर्ने हो। होइन भने संविधान प्रदत्त अधिकारको प्रयोग गर्न पाईन्छ। यो देशमा गणतन्त्रलाई फाल्न खोज्यो भने बेग्लै कुरा हो। अब संविधानलाई नै उखेलेर फाल्न खोज्यो भने बेग्लै कुरा हो। तर न्यायको निम्ति, अधिकारको निम्ति। भनौं अत्याचारका विरुद्धको आवाज बुलन्द गर्नका निम्ति पाउनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर