यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *