कोकाकोला नेपालको ५०औँ वार्षिकोत्सव सम्पन्न

कोकाकोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ। कम्पनीले नयाँ योजना सार्वजनिक तथा संस्थागत सामाजिक उत्तरदायित्वमा गरेका कामको स्मरण गर्दै वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एनएन सिंहले कोकाकोलाको उद्देश्य सवै नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने रहेको बताए। वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘कोकाकोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्ने उनले जानकारी दिए। यसमा ग्राहकले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने मौका पाउने जनाइएको छ।

कोकाकोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले कोकाकोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको भन्दै कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका कर्मचारी एवं समुदायको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतालाई जारी राख्ने बताइन्।कम्पनीले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको उनको दाबी थियो।०७२ साल को भूकम्पको समयमा ‘फेरि उठ्नेछ नेपाल’ तथा कोभिड– १९ महामारीबीच ‘स्टप द स्प्रेड’जस्ता प्रभावकारी एवं सफल अभियान सञ्चालन गरेको उनले स्मरण गरिन्।

कोकाकोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले नेपालमा पेय पदार्थ मात्र बिक्री नगरेर रोजगारी सिर्जना गर्दै समुदाय एवं राष्ट्रकै बृहत् आर्थिक सेवाप्रति प्रतिबद्ध रहेको बताए।महिलालाई उद्यमशीलतासम्बन्धी शिक्षा र तालिम दिने ‘सक्षम’ कार्यक्रममार्फत कोकाकोलाले नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको उनको भनाइ थियो।

कोकाकोला र एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा सक्षमले पछिल्लो दुई वर्षमा नेपालभर दुई हजारभन्दा बढी महिलालाई सशक्तीकरण गरिसकेको कम्पनीको भनाइ छ।साथै, ग्लोकल प्रालिसँगको साझेदारीमा ‘युथ डाइलग’ कार्यक्रमअन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयसँग युवाको समग्र विकास तथा सशक्तीकरणमा पहल गरेको जनाइएको छ। साथै, जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोकाकोला फाउन्डेसनले सहयोग गरेको जनाएको छ।

नेपाली हिमशृंखलाको सरसफाइ एवं संरक्षणका लागि तीन वर्षदेखि कोकाकोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर