सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयान दिँदै

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराले बयान लिइरहेका छन्।

बिहीबार सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख महरासँग बयान लिइरहेको हो।

उनी सिंहदरबारस्थित आयोगको कार्यालयमै पुगेर बयान दिइरहेका छन्।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको हो।

यस अगाडि केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो चिनजान रहेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर