एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदरवार भरत दुलालले ३८ मत मात्रै ल्याएका थिए ।

श्रेष्ठ पार्टीको नवौं अधिवेशनको बेला पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष बनेका थिए । अन्तिम मतपरिणामअनुसार श्रेष्ठले ३ सय ३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २ सय ३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भएका छन् । मानन्धरले ३ सय ३६ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी हिराकुमार थोकरले २ सय ६७ मत प्राप्त गरेका छन् । सचिवमा सोयमबहादुर खड्का विजयी भएका छन् । उनले कृष्णबहादुर बस्नेतलाई २० मतान्तरले पराजित गरेका हुन् ।

खड्काले ३ सय ४ मत र पराजित बस्नेतले २ सय ८४ मत ल्याएका छन । उपसचिव हरि ओली र महिलातर्फ कमला बस्नेत विजयी भएका छन् । खुला र भूगोलतर्फको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सबै अध्यक्ष श्रेष्ठ प्यानलबाट विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर