तीन संसदीय समितिको बैठक आज बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिबाट हालै सम्पन्न भएको भारत भ्रमणको बारेमा जानकारी गराइने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *