पुरुषभन्दा बढी महिलामा थाइराइड किन देखिन्छ ?

  • सन्दीपचन्द्र श्रेष्ठ, हर्मोन रोग विशेषज्ञ

थाइराइड धेरैमा वंशाणुगत हुन्छ। महिलाहरूमा हुने एक्स एक्स क्रोमोजोमका कारण उनीहरूलाई ‘अटोइम्युन डिजिज’ बढी लाग्छ। पुरुषमा एक्सवाई हुने भएको कारणले एक्स एक्स डबल क्रोमोजोम हुँदा महिलाहरुमा थाइराइठ बढी देखिने हुन्छ। यसो भन्दै गर्दा पुरुषहरुलाई भने हुनै नसक्ने भन्ने होइन। पुरुषलाई पनि थाइराइड हुन्छ। १०० मा ९० प्रतिशत महिलालाई हुन्छ भने १० प्रतिशत पुरुषलाई थाइराइड हुन्छ।

हाम्रो घाँटीमा पुतली आकारको एउटा ग्रन्थी हुन्छ। त्यसलाई हामी थाइराइड भन्छौँ। जहाँबाट थाइराइडको हर्मोन उत्पादन हुन्छ। थाइराइडको रोग दुई किसिमको हुन्छ। एउटामा थाइराइड ग्रन्थीले चाहिनेभन्दा बढी हर्मोन बनाउाछ। अर्कोमा चाहिनेभन्दा कम हर्मोन बनाउँछ। थाइराइड हर्मोनको लेवल सामान्यतया ४ सम्म हो। साढे २ भन्दा कम हुँदा बच्चा बसेर नर्मल पे्रग्नेन्सी हुने सम्भावना दुई गुणाले बढ्छ।

थाइराइडको बेलैमा पहिचान गरेर उपचार सुरु गरियो र टिएसएसको लेवल साढे २ भन्दा कम ल्याउन सकियो भने हर्मोन भएनभएको बराबर हुन्छ। महिलाहरुमा महिनावारीले थाइराइडको समस्या हुने हैन। थाइराइडको समस्याले गर्दा महिनावारी गडबढ हुने गर्दछ।

कारण
मुख्य कारण भनेको बंशाणु हो। परिवारमा थाइराइड छ भने अर्कोलाई पनि थाइराइड हुने सम्भावना प्रवल हुन्छ। दोस्रो कारण गर्भावस्थामा महिलाहरुको वजन बढ्न जान्छ जसको कारण पनि यसको समस्या देखिन्छ।

लक्षण
अचानक शरिरको वजन बढ्ने, घट्ने, पसिना आउने, महिनावारी गढबढ हुने, कपाल झर्ने हुन्छ।

उपचार
थाइराइड सय जनामा निको हुने भनेको ५ जना मात्र हुन्छ। ९५ जनाको जिवनभर यो समस्या रहिरहन्छ। जसको शरिरमा थाइराइड ग्रन्थिले बनाउनुपर्ने हर्मोनको कमी हुन जान्छ। उनीहरुलाई थाइराइडको औषधी नियमित खानुपर्छ। धेरै थाइराइड उत्पादन गर्ने विरामीहरुलाई भने अप्रेशन गरेर थाइराइडलाई काम नलाग्ने बनाएर थाइराइडको औषधी दिइने गरिन्छ। जुनबेला शरिरले चाहिने भन्दा धेरै हर्मोन बनाउँछ। त्यसबेला मुटुको घड्कन माथितल भएर मात्र ज्यानको खतरा हुन्छ।

के गर्ने
-वजन बढ्न नदिने
-पर्याप्त सुत्ने
-तनाव नलिने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर