प्रदेशको पुनःनामाकरण गर्न कोशी प्रदेश सरकार सहमत

कोशी प्रदेश सरकार प्रदेशको पुनःनामाकरण गर्न सहमत भएको छ।

सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितीबीच प्रदेशको पुनः नामाकरणका लागि राजनीतिक वातावरण तयार पार्ने लगायतको ५ बुँदे सहमती भएको हो।

शुक्रबार विराटनगरस्थित् एक होटलमा गरिएको सहमतीमा पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिई शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनको क्रममा भएका घाइतेहरुको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनहरुमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने उल्लखे गरिएको सरकारी वार्ता समितिका संयोजक समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए।

यता, पहिचान पक्षधार वार्ता समितिका संयोजक डगेन्द्रसिङ थेगिमले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाईते भएकाहरुलाई सरकारले उचित क्षतिपूर्ति दिने र त्यस क्रममा लगाइएका झुटा मुद्दा सरकारले फिर्ता लिने विषयमा पनि छलफल गरिएको बताए।

सहमती पत्रमा दुई पक्षको आगामीमा वार्ता फागुन १० गते भित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ।

कोशी प्रदेश सभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसको बिरुद्धमा पहिचानवादीहरू आन्दोलनरत छन्। उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर