विमानस्थलका सुरक्षा प्रमुख डीआईजी चन्दको सरूवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ।

उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा काजमा सरूवा गरेका हुन्।

केही दिन पहिला विमानस्थलमा अध्यागम विभागका कर्मचारी र प्रहरीबीच भएको लफडामा प्रहरीलाई नै दोषी देखाएको भन्दै उनले राजीनामा बुझाएका थिए।

हाल बिदामा रहेका डिआइजी चन्दको राजीनामा स्वीकृत भएको थिएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर