भारतले नेपालसँग अझै बलियो सम्बन्ध बनाउन चाहेको छ : सभापति यादव

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताएका छन्।

शुक्रबार भारत भ्रमण सम्बन्धि प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गर्दै उनले भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोणमै बदलाव आएको दाबी समेत गरे।

सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारत सरकार र त्यहाँका सांसदहरुले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरुसँगको छलफलमा बताएको उल्लेख गरे। सभापति यादवकाअनुसार भारतीय नेता र सांसदहरुले नेपाल एउटा इमान्दार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए।

उनले भने, ‘भारतको इकोनोमी र्यापिडली ग्रो भएको अवस्थाहो । यो निर्माणमा नेपालीहरुको पनि भुमिका छ। त्यसैले हामीले तिमीहरुको यो विकासबाट नेपालीले लाभ पाउनुपर्छ। यो हाम्रो हक हो। त्यो मान्यता हामीले स्थापित गर्यौ । त्यहाँ हामीले नेपालको पक्षबाट मलाई छ, त्यहाँ हामीले नेपालको नाक उचो राख्नेगरी हामीले प्रश्तुती गर् । र त्यो कुरामा उनीहरुले पनि के पाए भने उनीहरुको यो पछिल्लो अवस्थामा हामीले जे भारत बुझिरहेका छौं, त्यो रहेनछ। भारत अब दुनियाँलाई लिड गर्छौं भन्ने मनोविज्ञानबाट र त्यसको लागि हामी नेपालसँग एकदम सुमधुर सम्बन्ध, नेपालका सार्वभौमिकता, नेपालको सम्मानलाई हामीले सम्मान गर्दै अब हामीलाई यो सानोतिनो कुरामा अल्झिनु छैन। हामी चाहीँ एक प्रकारको ग्लोबल एरिनामा लिड गर्नेतर्फ गईसकेका छौं। भारतले नेपालको समृद्धि चाहेको छ। नेपालको हित चाहेको छ। यदी कहीँकेही छ भने हाम्रो इन्गेजमेण्ट बढाऔं। संवादको माध्यामबाट समाधान गरौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर