नविनको निर्देशनमा ‘डिप्रेसन: द अनटोल्ड स्टोरी’

‘हरेक वर्ष विश्वमा सात लाखभन्दा बढीको मानिसको ज्यान आत्महत्याका कारण हुने तथ्यांक छ । १५ वर्षदेखि २९ वर्ष उमेर समुहका मानिसहरुमा हुने मृत्युको कारक मध्ये आत्महत्यालाई चौथाको कारक मानिएको छ । अहिलको समयमा युवाहरुमाझ डिप्रेसनको समस्या बढ्दो संख्यामा देखिएको छ ।’

नविन श्रेष्ठद्वारा निर्देशित शर्ट फिल्म ‘डिप्रेसनः द अनटोल्ड स्टोरी’ मा समेटिएको एउटा तथ्यांक हो यो ।

एक साताअघि कथा डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘साथी’ उप–शीर्षक राखिएको यो सर्ट फिल्ममा मोडल तथा कोरियोग्राफर लभिन अन्सारीले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनी डिप्रेसनबाट पीडित युवाको भूमिकामा छन् ।

कथा डिजिटलले नै निर्माण गरेको यो सर्ट फिल्ममार्फत समाजमा डिप्रेसनका कारण युवाहरु कसरी पीडित बन्दै गैरहेका छन् भन्ने यथार्थतालाई चित्रण गरिएको छ । युवाहरुलाई डिप्रेसनबाट जोगाउनु पर्ने आजको आवश्यकतातर्फ फिल्मले संकेत गरेको छ ।

फिल्ममा लभिन अन्सारीसहित यून्चो लिम्बू, अन्जिता श्रेष्ठ, दीपा थानी तथा दर्पण बस्नेतले पनि अभिनय गरेका छन् । सुनिल श्रेष्ठद्वारा छायांकन गरिएको यो फिल्मको सम्पादन मेराकीपा ग्यालरीमा गरिएको हो । टेकेन्द्र शाह यो फिल्मका सम्पादक हुन् ।

s4

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर