नेपाललाई जितका लागि २ सय ८६ रनको लक्ष्य

क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले २ सय ८६ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो।

क्यानडाका लागि ओपनर आरोन जोन्सन र नवनित धलिवालले राम्रो सुरुवात गरे। जोन्सनले ६५ रन जोड्दा नवनित ४६ रनमा आउट भए।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर