केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सुधार गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको बताए।

उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भयो। त्यसले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको छ। चीनसँगका सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको अवस्था छ। नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक छ। सीमा नाकाहरु जोड्ने सडक सञ्जाललाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर