विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ।

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो।

बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाले बताए।

उनले भने, ‘खासगरी केन्द्रिय समितिको बारेमा चाहीँ सबैको एकमत जस्तो भयो। १५१ जनाको प्रश्ताव भएको छ। त्यो ठिक छ भन्ने भयो। अब स्थायी समिति बैठक हिजो र आज जुन लक्ष्यका साथ बोलाइएको थियो। त्यो लक्ष्य पूरा भएको छ। बैठक निकै राम्रो भएको छ। भोलीबाट केन्द्रिय समिति छ। त्यसमा चाहीँ पार्टीको अभियानको समिक्षा हुन्छ। र विधान सम्मेलन १, २ र ३ मा हुन्छ। सोही विधान सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई पास त त्यो त्यही सम्मेलनले गर्छ। त्यो प्रश्ताव चाहीँ तयार पार्नका लागि आज निकै राम्रो छलफल भएको छ। फेरि एक पल्ट आएका सबै सुझावहरुलाई संकेन्द्रण गरेर पदाधिकारीले एक गतेदेखि शुरु हुने विधान सम्मेलनमा प्रश्तुत गर्ने भन्ने निर्णय भएको छ आज। अब हिजो पनि भन्नुभएको र आज पनि भन्नुभएको कुरा के छ भने आर्थिक विकासमा चाहीँ एउटा ¥याडिकल रिफर्म गर्नुपर्छ भन्ने छ। आर्थिक विकासमा ¥याडीकल रिफर्म भन्नाले निरन्तरतामा क्रमभंग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढंगले गर्ने र त्यसैगरी बजेट निर्माणमा पनि नयाँ ढंगले तयारी गर्ने भन्ने छ। र पहिला चाहीँ प्रिबजेटमा छलफल हुन्थ्यो। चैत्रदेखि नै त्यो विषयमा छलफल गर्ने भन्ने भएको छ। कमिटी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ। र विधि, प्रक्रियालाई कडाईका साथ लागू गर्नुपर्छ। अनि यो विधान बनाउने कुरा पनि महत्वपूर्ण कुरा हो। विधान बनाउने भन्दा पनि लागू गर्ने कुरा धेरै गुणा महत्वपूर्ण कुरा हो भन्नेकुरा अधिकांश सदस्यहरुले राख्नुभएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर