सांसदको गृहमन्त्री श्रेष्ठलाई प्रश्न : तपाईंको इज्जत त राम्रै छ तर, किन खुट्टा कमाएको?

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईंको इज्जत त राम्रै भएको तर खुट्टा किन कमाएको भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले गृहमन्त्री श्रेष्ठलाई तपाईंको इज्जत त राम्रै भएको तर खुट्टा किन कमाएको भन्दै प्रश्न गरेका हुन्।

‘तपाईंको इज्जत त राम्रै छ तर, किन खुट्टा कमाएको? तपाईंको खुट्टा किन काम्न थाल्यो?’ उनले थपे, ‘हान्नुस् न, जो जान्छ जाओस्। हामी जान्छौँ भने जाऔँ। तपाईं नै जानुहुन्छ भने जानुहोस्। सभापतिजी हाँस्नुभयो, रवि लामिछानेजी हाँस्नुभयो। बुझेर हाँस्नुभएको हो। म त यहीँ बसेर बुझ्दै छु,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर