‘मन्त्रीहरू बाहिर सांसदहरूलाई कुराएर, भित्र दलालहरूसँग बस्छन्’

नेकपा(माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरूले विकास निर्माणका योजना लिएर जाने सांसदहरुलाई भेट नदिने गरेको बताएका छन्।

आईतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद महराले सांसदहरुलाई सरकारका मन्त्रीहरुले भेट नदिने गरेका बताएका छन्। उनले विकास निर्माणका योजनाहरुसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरुले वेवास्ता गर्ने गरेका बताए।

उनले भने, ‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ। भित्र कुनै अमुक व्यक्ति दलालहरु आएर बसिरहेका हुन्छन्। तर माननीयहरुले भेट्न पाउँदैनन्। खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरुले संसदका सदस्य माननीयज्युहरु प्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईका बिरुद्ध फेरि यो भन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ। हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ। प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रिहरु छन्, उहाँहरुलाई निर्देशन दिनुपर्यो। यसरी सुशासन कायम हुन सक्दैन। यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन।’

उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताउ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर