गृहमन्त्री श्रेष्ठको गुनासो : अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन कार्यालयमा जाने कर्मचारी नपाएको गुनासो गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले अध्यागमन कार्यालयमा जाने कर्मचारी नपाएको गुनासो गरेका हुन्।

उनले भने,‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन। पहिला तँछाड-मछाड हुन्थ्यो। हाम्रा कर्मचारी राम्रो ठाउँ बस्न आएको विश्वास गुम्यो होला। हामी गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौं। अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर