चौधरीबारे अदालतको आदेशलाई लिएर गृहमन्त्री श्रेष्ठले भने, ‘अहिलेसम्मको न्यायिक इतिहासमा छैन, यो पहिलो हो’

गृहमन्त्री नारायकाजी श्रेष्ठले बाँसबारी छाला जुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरूण चौधरीलाई छाड्ने अदालतको आदेशप्रति असन्तृष्टी जनाएका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले पक्राउ परेका व्यवसायी चौधरीलाई छाड्ने अदालतको आदेशप्रति असन्तृष्टी जनाएका हुन्।

उनले भने, ‘हामीले म्याद माग्यौं, अदालतले दुई दिनमात्र दिन सक्छ, त्यसपछि सीआईबीको काम हो अनुसन्धान गर्ने। त्यसपछि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिँदैन भन्न पनि सक्छ। चाहियो भनेर गएपछि म्याद दिने कि नदिने अदालतले निर्णय गर्न सक्छ। अदालतले पहिला नै दुई दिनभित्र सक अनुसन्धान त्यसपछि छोडिदेऊ भनेर पुलिस अधिकारीलाई निर्देश्न दिने अहिलेसम्मको न्यायिक इतिहासमा छैन, यो पहिलो हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर