भारत रङ्ग महोत्सव जाने नाटक ‘क्लेशाः’को मण्डला नाटकघरमा सोमबार र मंगलबार मञ्चन हुँदै

‘भारत रङ्ग महोत्सव’मा छनौट भएको नाटक ‘क्लेशाः’को काठमाडौंमा विशेष मञ्चन हुँदैछ। प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनको नाटक ‘क्लेशाः’ माघ २९ र फागुन १ गते मण्डला नाटकघरमा तीन विशेष मञ्चन हुन लागेको हो।

कलाकार सुरक्षा पन्तको डेब्यु नाटक रहेको ‘क्लेशाः’ मण्डला नाटकघरमा माघ २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र ५ बजे मञ्चन गरिदैंछ। काठमाडौंको विशेष मञ्चनपछि बुधबार करमन कला समूहको नाट्य टोली भारत प्रस्थान गर्नेछ।

भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने प्रतिष्ठित भारत रङ्ग महोत्समा नाटक ‘क्लेशाः’ फ्रेब्रुअरी १७ र १९ सम्म मञ्चन हुँदैछ। महोत्सव फ्रेब्रुअरी १ देखि सुरु भइसकेको छ।

कलाकार पन्तको रङ्गमञ्चमा डेब्यु

कलाकार सुरक्षा पन्तले रङ्गमञ्चमा डेब्यु गरेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा, सरस्वती अधिकारीको अभिनय रहेको छ।

नाटक ‘क्लेशाः’को मुख्य स्रोत रामायण हो। क्लेशाःले ऋषि वाल्मिकीको कहानीलाई विशुद्ध समसामयिक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। कुनै धार्मिक धागोले नबेरिकन, एउटा पुनर्परिभाषित, पुर्नरचित साहित्यको रुपमा नाटकलाई प्रस्तुत गरिएको छ। यस नाटक करिब ४ वर्षअघि मण्डला नाटकघरमा नियमित मञ्चन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर