बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो ?

वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.४० प्रतिशतविन्दु घटेको छ।

माघ महिनामा ८.११ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा घटेर ७.७० प्रतिशतविन्दुमा सीमित भएको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३८ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।एभरेष्ट बैंक र हिमालयन बैंकले पुसको व्याजदरलाई माघमा पनि निरन्तरता दिएका थिए।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउनेमा कृषि विकास बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७‍.२६ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ६.४४३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.८१ प्रतिशतविन्दु घटाएको हो।

यस बैकमा बचत खाताको हिस्सा धेरै हुँदा बैंकले निरन्तर ब्याजदर घटाउदै आएको छ।

सरकारी स्वामित्वका बैंकहरुले उच्च दरले निक्षेपको ब्याजदर घटाएका छन्। माघको तुलनामा फागुनमा कृषि विकास बैंकले निक्षेपको ब्याजदर औषत १.३१ प्रतिशत, नेपाल बैंकले ०.७५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ०.७२ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्।

याेसँगै फागुनमा कृषि विकास बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ६.४४ प्रतिशत र संस्थागत तर्फ अधिकतम ४.४४ प्रतिशत ब्याज दिने भएको छ।

त्यसैगरी नेपाल बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.३५ प्रतिशत ब्याजदर कायम गरेको छ।

कुन बैंकको कति ?

स्टान्डर्ड चाटर्डले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.३५ प्रतिशत, प्राइम कमर्सियलले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.४ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.४ प्रतिशत, सानिमा बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.५१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.५१ प्रतिशत ब्याजदर कायम गरेका छ।

त्यसैगगरी एनआईएमबि बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ प्रतिशत, प्रभुले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.५ प्रतिशत, एनएमबि बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.६ प्रतिशत र नबिल बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.७५ प्रतिशत ब्याजदर कायम गरेका छ।

नेपाल एसबिआई बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.१ प्रतिशत, कुमारी बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.१ प्रतिशत, एनआईसी एशिया बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ प्रतिशत, हिमालन बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.१५ प्रतिशत कायम गरेको छ।

एभरेष्ट, लक्ष्मी सनराइन र माछापुच्छे बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ प्रतिशत निक्षेपको ब्याज कायम गरेका छन। कर्जाको ब्याजदर सस्तिदै बैंकहरुले निक्षेपको दर घटाउन थालेका कारण कर्जाको ब्याजदर पनि सस्तिन  थालेको छ।

पछिल्लो केही महिनायता निरन्तर बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेसँगै कर्जा सस्तिन सुरु भएको हो। निक्षेपको ब्याजदर घट्दा पुँजी स्रोतको लागत घटेर बैंकहरूको आधार दर (बेस रेट) घट्छ।

बैंकहरुको वेसरेट घट्दा कर्जाको ब्याजदर सस्तो हुन लागेको छ। निक्षेपको ब्याजदरमा आउने परिवर्तनले आधार दरलाई प्रभावित पार्छ। निक्षेपमा ब्याजदर बढेमा आधार दर समेत बढ्ने गर्छ भने घटेमा आधार दरसमेत कम हुने गर्छ।

पछिल्लो चार महिनायता बैंकहरुले निक्षपेका ब्याजदर घटाउँदै आउदा पुँजी स्रोतको लागत घटेर आधार दर घट्न गई कर्जा ब्याजदर घट्न थालेको छ। बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरका आधारमा औसत आधार दर निकाल्छन्।

यसरी निस्किने आधार दर नै कर्जामा लागू हुन्छ। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। केही बैंकहरुले भने कर्जाको प्रिमियम घटाएर कर्जा प्रवाह गरिरहेका छन।

प्रतिक्रिया

One thought on “बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर