सांसद दसौंदीको आरोप : सरकार भन्छ एकथोक, गर्छ अर्कोथोक

नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य कुमार दसौंदीले सरकारले कुरा एक र काम अर्को गर्ने आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकारले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनतालाई आवश्यक राहत दिन नसकेको भन्दै कुरा एक र काम अर्को गर्ने गरेको आरोप लगाएका हुन्।

‘गृहमन्त्रीले सेना परिचालन गर्ने निर्णय गरिसकेका छौँ भन्नुभयो। धेरै नै धन्यवाद भनेका थियौँ। तर, जनता अहिलेसम्म परिचालन भएर अस्थायी आवास बन्न नसक्दा रोइ कराइ गरिरहेका छन्। सरकार भन्छ एकथोक र गर्छ अर्कोथोक। किन यस्तो गरिरहेको छ। सरकार कसका लागि गर्ने भनेर बनेको हो। जनताको हीतमा काम गर्न नसके किन सरकारमा बस्ने? मेरो जिम्मेवारी पूरा गर्न नसके म किन बस्ने, बिदा लिनुपर्छ। अर्को आएर बस्छ। अर्कोले काम शुरु गर्छ। जब देश र जनतालाई सेवा दिन, प्रवाह गर्न सकिँदैन, ठिक ढंगले सञ्चालन गर्न सकिँदैन, भने त्यसबाट मुक्त हुनुपर्ने। आज ४५ जना बढीले ज्यान गुमाइसके। सरकार कुनै संवेदनशीलता छैन,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *