नेपाललाई २ सय ३३ रनको लक्ष्य, डेब्यु खेलमै हेमन्तको ३ विकेट

क्यानडाविरूद्धको तेस्रो तथा अन्तिम ओडीआई सिरिजमा नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ।

सोमबार क्रितिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रनमात्र जोड्न सक्यो।

क्यानडाका नवनित धालीवलले ८२ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ५० रन जोडे। त्यस्तै, निखिल दुत्तले ४५, साद बिन जाफर ३१ र हर्ष ठाकेरले २९ रन जोडे।

नेपालका लागि सिनियर टोलीमा डेब्यु गर्दै हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्च गर्दै ३ विकेट लिए।

त्यस्तै, कुशल मल्ल २, ललित राजवंशी र आकाश चन्दले समान १/१ विकेट लिए।

नेपालले केही समयपछि जवाफी ब्याटिङ् गर्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर