
पाँच मनिचेञ्चर कम्पनीको इजाजत रद्द


नेपाल राष्ट्र बैंकले पाँच मनिचेञ्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उपविनियम ३ बमोजिम तोकिएको समयमा नवीकरण नगरेकोले इजाजतपत्र रद्द भएको जनाएको छ।
यसरी इजाजतपत्र रद्ध हुनेमा फेयर मनि एक्सचेञ्चर प्रालि, न्यातपोल मनि एक्सचेञ्चर प्रालि, कैलाश मनि एक्सचेञ्चर प्रालि, ग्रेस मनि एक्सचेञ्चर प्रालि र रूट नेपाल मनि एक्सचेञ्चर प्रालि रहेका छन्।
प्रतिक्रिया