जबरजस्ती करणी मुद्दामा एक लाख जरिवानासहित १८ वर्ष कैद फैसला

तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो। साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए।

परिवर्तित नाम २०७८/७९ च बहादुरले निजविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो। यहीँ माघ २१ गते न्यायाधीश बिष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेश गर्न भनेको थियो।

सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर