दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।

उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

उनले भने, ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गर्दछु। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्म उल्लेखित संशोधनहरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को अंग बनोस् भनि निर्णयार्थ प्रश्तुत गर्दछु। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्म उल्लेखित संशोधनहरु सर्वसम्मतिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को अंग बनेको घोषणा गर्दछु। विधेयकको दफा २ देखि ६४ सम्मको सर्वसम्मतिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को अंग बनेको घोषणा गर्दछु। विधेयकको प्रश्तावना र नाम सर्वसम्मतिले शहीद दशरथ चन्द विज्ञान विश्वविद्यालय विधेयक, २०८० को अंग बनेको घोषणा गर्दछु। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर