त्रिवीको उपकुलपति छनौटमा सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको छनौटको ‘सर्टलिष्ट’ मा विवादित व्यक्तिहरु परेका भन्दै यस विषयमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

सोमवार बसेको समितिको बैठकले उपकुलपति छनौटको सर्टलिष्टमा बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएको आरोप लागेका व्यक्तिहरु परेका भन्दै उनीहरु उपर सिफारिस समितिले ध्यान दिनुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएको हो।

समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रियामा समस्याहरु देखापरेको निष्कर्ष निकाल्दै यस विषयमा छलफल गर्न कुलपति रहनुभएका प्रधानमन्त्री र सहकुलपति रहनुभएका शिक्षा, विज्ञान तथा सुचना प्रविधि मन्त्रीलाई छिटोभन्दा छिटो बैठकमा बोलाउने निर्णय पनि गरेको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयका कार्यबाहक उपकुलपतिले विश्वविद्यालयका विभिन्न रिक्त पदहरुमा कानून विपरित नियुक्ति गरेको भन्दै सो उपर छानविन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन समेत दिएको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति भानुभक्त जोशीले भने, ‘चाँडोभन्दा चाँडो विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति लगायतलाई बोलाएर हामी फेरी पनि छलफल गर्ने निर्णय गरौँ। दोस्रो, अहिले उपकुलपति छनौटको प्रक्रियामा जे समस्याहरु देखापरेका छन्। बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएका आदि मुद्दाहरुमा जे कुराहरु सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यममा जे कुरा आएको छ, ति व्यक्तिहरु नै अहिले सूचिकृतमा परेको भन्ने आएको हुनाले त्यसको बारेमा समितिले यि कुरामा विशेष ध्यान दिनका लागि मन्त्रालय र प्रधानमन्त्रीलाई यस कुरामा ध्यानाकर्षण गराऔँ। उपकुलपति छनौटको प्रक्रियामा केही सुझावहरु दिनेकुरा गरौँ। विश्वविद्यालयमा जो नियुक्ति भएको छ, त्यो नियुक्ति भएको कुराहरुमा कार्यबाहकको हिसावले र कुलपति प्रधानमन्त्रीज्युले पनि दिनुभएको निर्देशन विपरित भएको हुनाले त्यसको बारेमा के भएको हो छानविन गरी आवश्यक कारबाही गर्न निर्देश दिउँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर