अनील र भीमको शतक : सिरिज नेपालको पोल्टामा

क्यानडाविरूद्धको तेस्रो तथा अन्तिम ओडीआई सिरिजपनि नेपालले जितेको छ। योसँगै नेपालले क्यानडालाई तीन खेलको सिरिजमा ‘क्लिन स्विप’ गरेको हो।

त्रिवि क्रिकेट मैदानमा आजभएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो।

क्यानडाका लागि नवनित धालीवलले ८२ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ५० रन जोडे। त्यस्तै, निखिल दुत्तले ४५, साद बिन जाफर ३१ र हर्ष ठाकेरले २९ रन जोडेका थिए।

नेपालका लागि सिनियर टोलीमा डेब्यू गर्दै हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्च गर्दै ३ विकेट लिएका थिए।

त्यस्तै, कुशल मल्ल २, ललित राजवंशी र आकाश चन्दले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेटकारूपमा ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाउन पुग्यो।

अर्का ओपनर अर्जुन शाह र भीम सार्कीले भने नेपालका लागि किर्तिमानी पालि खेले। साहले अविजित रहँदै १ सय १२ तथा सार्कीले पनि अविजित रहँदै १ सय १ रन बनाएर नेपाललाई सहजै जित दिलाए।

यसअगाडि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *