पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा सदस्यमा श्रेष्ठ मनोनित

वरिष्ठ रेडियोलोजिष्ट डा आनन्दप्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानसभा सदस्यमा मनोनित भएका छन्।

प्रतिष्ठानसभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप-दफा (२) (न)मा व्यवस्था भए बमोजिम तीन वर्षका लागि प्रतिष्ठानसभा सदस्यमा श्रेष्ठलाई मनोनित गरेको हो।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका तथा चिकित्साक्षेत्रमा चार दशकभन्दा बढीको अनुभव संगालेका डा श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन्।

सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्यसमेत रहेका डा श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्षसमेत रहिसकेका छन्।

डा श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटीका सल्लाहाकारसमेत हुन्।

उनी हाल काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिका अध्यक्ष हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर