सहकारी प्रकरण : अरबौं रकम ठगीकाे आरोप लागेका जीबी राई मलेसियामा लुकेको आशंका

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल’बाट डिफ्युजन नोटिश जारी भएसँगै प्रहरी उनको निकट पुगेको छ । नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले जीबी लुकेको हुनसक्ने मुलुकको प्रहरी संगठनसँग समन्वय गरिरहेको छ ।

जीबी मलेशियामा लुकेको आकलन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्,‘मलेशियामा लुकेको आशंकामा इन्टरपोलसँग समन्वय भइरहेको छ ।’

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न ईन्टरपोल मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । डिफ्युजनको आधारमा जीबीलाई ईन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।

जीबी राईको समूहले हिनामिना गरेको रकमबारे अनुसन्धान गर्न प्रहरीले माघ २४ मा पूर्व डीआईजी छबिलाल जोशीको घरमा संचालित नेचर हब इन्टरनेशनल प्रालिको अफिसमा छापा मारेको थियो ।

प्रहरीले अनुसन्धान शुरु गरेपछि आरोपीहरुले काठमाडौँमा ल्याएर सफ्टवेयर लुकाएर राखेको थाहा भएको छ ।

गितेन्द्रबाबु (जिबी) राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरुले बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोप छ । स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँमा झिकाएर अनुसन्धान गरिरहेको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रुपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *