जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताए। उनले अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताए।

उनले भने,‘आज फाल्गुण १ गते महान जनयुद्धको २९औँ वार्षिकोत्सव। यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन्। अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ। आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ। यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर