भ्रष्टाचार मुद्दामा पाँचजनालाई सफाइ

विशेष अदालतले पशुपन्छी बजार प्रवद्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले इजलासले आज थापासहितलाई सफाइ दिएको हो ।

अदालतले व्यवस्थापक तेजमान कन्दङ्वा र लाइफ टाइम इन्जिनियरिङ प्रालिका सञ्चालक रोशन भट्टराई भने दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर भएका कन्दङ्वा र भट्टराईलाई रु १८ लाख ४७ हजार दुई सय १९ जरिवाना र सोही बराबरको बिगो र तीन महिना कैद र १० हजार जरिवाना सुनाइएको छ ।

पशु सेवा विभाग, पशुपन्छी बजार प्रवद्धन निर्देशनालयबाट विगत पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुमको म्याङलुङ, नगरपालिका–५, जिरीखिम्ती, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त गरेका थिए ।

उक्त अनुदान मापदण्डविपरीत निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *