सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज (बुधबार) पनि सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १२ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *