एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए।

अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ। एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ।

जिल्ला-जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेका एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको छ। पहिलो चरणमा एमाले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर