सुनको मूल्य आज स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर