नेप्से परिसूचकको ओरालो यात्रामा पनि राम्रो कारोबारगर्ने यी हुन् कम्पनी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा दुई अंकले गिरावट आउँदा समेत केही कम्पनीहरुले भने उल्लेख कारोबार गरेका छन् । यसरी कारोबारगर्नेमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । सो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

सगरमाथा जलविद्युत् कम्पनी ११ करोड ५९ लाख ६५ हजार छ सय २१ रुपैयाँ, जोशी हाइड्रोपावर १० करोड ७५ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ, एनआइसी एसिया बैंक आठ करोड ७० लाख २३ हजार एक सय ८० रुपैयाँ र हिमालयन ऊर्जा विकास कम्पनी आठ करोड ५७ लाख ५१ हजार नौ सय ४५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स पाँ दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ४२, रिभर फल्स पावर पाँच दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले चार दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर