हारबाट नेपालको विश्वकप लिग–२ को शुरुवात

नेपालले घरेलु मैदानमा बिहीवार नामिबियासँग चार विकेटको हारबाट आइसिसी विश्वकप लिग–२ (२०२४–०२७ ) को शुरुवात गरेको छ ।

घरेलु मैदानको त्रिदेशीय श्रृंखलाबाट यस पटक लिग–२ को यात्रा शुरु गरेको नेपालले नामिबियासँग हार सामना गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे ।

यससँगै नेपालका प्रशिक्षक मोन्टी देसाईको घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेटमा जित यात्रा १५ औं खेलमा पुगेर समाप्त भएको छ ।

नामिबियासहित केही समय अगाडि विश्वकप खेलेको नेदरल्याण्ड्स सम्मिलित त्रिदेशी श्रृंखलाको पहिलो खेलमा नेपालले बिर्सनलायक ब्याटिङ ग¥यो ।
बलिङमा नेपालले चुनौती दिने प्रयास गरे पनि सफल भएन । मध्यम लक्ष्य नामिबियाले १०१ बल अगावै भेट्टायो । नामिबियाका जान फ्रायलिन्कको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनले ५३ बलमा चार चौका प्रहार गरे । उनी २१ औं ओभरको अन्तिम बलमा सोमपाल कामीद्वारा आउट भए । यो ओभरमा सोमपालले दुई विकेट लिँदै आशा दिलाए । त्यसअघि उनले कप्तान जेरार्ड इरास्मसलाई ८ रनमै आउट गरेका थिए । नामिबियाले चार रनको अन्तरमा तीन विकेट गुमाउँदा नेपालले जित आशा जगायो ।

२४.१ ओभरमा नामिबिया पनि ८४–५ को अवस्थामा थियो । तर जान निकोल लोफ्टी–इटोनले ३१ रन र जोनाथन स्मिथले १७ रनको योगदान दिँदै जित दिलाए । इटोनले स्मिथसँग ४४ रनको साझेदारी गर्दै जितनजिक पु¥याए । कप्तान रोहितकुमार पौडेलले उनलाई एलबिडब्लुको धरापमा पार्दै छैटौं सफलता दिलाए ।  इटोनले ३० बलमा पाँच चौका प्रहार गरे । त्यतिबेला नामिबियालाई जितका लागि सात रन आवश्यक थियो । अर्को छेउबाट स्मिथले समान एक चौका र छक्कासहित जित दिलाए ।

त्यसअघि छैटौं ओभरमै पहिलो विकेट गुमाएको नामिबियाको सुरुआत मध्यम नै रह्यो । स्पिनर ललितनारायण राजवंशीले निकोलस डाभिनलाई १५ रनमा पवेलियन फर्काए । दोस्रो विकेट पनि उनकै नाममा रह्यो । उनले दुई विकेटसँगै किफायती बलिङ गर्दै दबाब बनाएका थिए । अर्को छेउबाट सोमपालले पाहुना टोलीमाथि दबाब बनाए । अन्य बलरबाट साथ पाउन सकेन । अर्का ओपनर माइकल भान लिन्गेनले २३ रन बनाए । १३.३ ओभरमा पाहुना टोली ५४.३ को अवस्थामा थियो । त्यसपछि फ्रायलिन्क, स्मिथ र जानले समालिएर खेल्दै जित दिलाए ।

नेपालको बलिङमा सोमपालले तीन विकेट तथा ललितले दुई विकेट लिए । कप्तान रोहितले एक विकेट निकाल्दा अन्य बलरबाट साथ नपाएपछि पाहुना टोलीले सहजै जित आफ्नो बनायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले इनिङको पहिलो बलबाटै खराब सुरुआत गर्याे । लगातार विकेट पतनसँगै ४१.१ ओभरमा अलआउट हुँदा नेपालले १३२ रन मात्र जोड्यो । घरेलु मैदानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै कमजोर योगफल हो । नामिबियाका कप्तान जेरार्ड इरास्मस, रुबेन ट्रम्पलमेन र ज्याक ब्रसेलसामु नेपाल निरिह बन्यो । इरास्मसले पाँच विकेट लिँदै मध्यम क्रम धरासायी बनाए ।

यी दुईले भने शीर्ष क्रमलाई सस्तैमा पभेलियन फर्काए । शीर्ष क्रमका चार ब्याटर सस्तैमा पभेलियन फर्किए । त्यसपछि नेपालले भीम सार्कीले इनिङ समाल्ने प्रयास गरे । नेपालका ओपनरद्वय कुशल भुर्तेल शुन्यमा र आसिफ सेख ४ रनमा आउट भए । त्यसपछि अनिल साह ८ रन र कप्तान रोहितकुमार पौडेल पनि १ रनमै पभेलियन फर्किए । त्यससँगै नेपाल ९.३ ओभरमा २१.४ को नाजुक अवस्थामा पुग्यो । सस्तैमा चार विकेट पतनसँगै नेपाल समालिन नै सकेन । तर मध्य क्रममा ब्याटिङ गर्न आएका भीमले ४४ रन जोड्दै इनिङ उकासे ।  यस क्रममा उनले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउने प्रयास गरे ।

नामिबियाका कप्तान इरास्मसले कुशललाई १५ रनमा आउट गर्दै साझेदारी तोडे । कुशलले २२ बलमा एक चौका र छक्का हिर्काए । त्यसपछि अनुभवी सोमपाल पनि दुई रनमै आउट भए । भीम र गुल्सनले २१ रनको साझेदारी गरे । भीम २७ औं र गुल्सन ३२ औं ओभरमा आउट भएसँगै नेपालको आठ विकेट पतन भयो । गुल्सनले तीन चौकासहित २१ रन बनाए । पवन सर्राफ १२ रनमा र करण केसी १६ रनमा आउट भएसँगै नेपाल सस्तमै समेटियो ।

त्रिदेशीय श्रृंखलामा नेपालले फेबररी १७ मा, नेदरल्याण्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेबुअरीमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर